देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

अंगीकृत नागरिकता दिन समयावधि राख्न नहुने काँग्रेसले निष्कर्ष

देशान्तर

काठमाडौं । नेपाली काँग्रेसले नागरिकताको सम्बन्धमा नागरिकता ऐन २०६३ को प्रावधानमाथिको अडान कायम राखेको छ । बुधबार बिहान पार्टी सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा शीर्ष नेताबीच भएको बैठकले राज्य व्यवस्था समिति सदस्यहरुलाई नागरिकता ऐन २०६३ को प्रावधानमा अडान राख्न निर्देशन दिएको हो ।

मंगलबारको समितिको बैठकमा राज्यव्यवस्था सचिवालयले विवाह गरी आउनेका लागि सात वर्ष पुगेपछि मात्रै अंगीकृत नागरिकता प्रदान गर्ने प्रस्ताव गरेको पछि काँग्रेसले साविककै अडान राखेको हो । बैठकमा सहभागी सांसद डिला संग्रौलाले संविधानमा भएको व्यवस्थाकै निरन्तरताको पक्षमा काँग्रेस उभिएको बताइन् ।

संविधानमा बिहे गरी आएपछि जन्मेको देशको नागरिकता छोडेको हुनुपर्ने व्यवस्था भएकाले समयावधि राख्न आवश्यक नहुने काँग्रेसले निष्कर्ष निकालेको हो ।