देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

नागरिकता विधेयकबारे सहमति जुटाउन सरकारलाई ५ दिन समय

देशान्तर

काठमाडौं । संसदको राज्य व्यवस्था तथा सुशासन समितिले नागरिकता विधेयकबारे सहमति जुटाउन सरकारलाई पाँच दिनको समय दिएको छ ।

समितिमा मंगलबार नेपाली नागरिकसँग विवाह गर्ने विदेशी महिलालाई ७ वर्षपछि मात्र अंगीकृत नागरिकता दिने र त्यसअघि आर्थिक, सामाजिक र संस्कृतिक अधिकार उपभोग गर्न पाउने गरी स्थायी आवासीय अनुमति पत्र दिने प्रस्तावमा पेश भएको थियो ।

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी नेकपा ले यसलाई समर्थन गरेको छ तर कांग्रेसले विरोध गरेको छ । बुधबारको बैठकमा गृहमन्त्री रामबहादुर थापा बादलले यसबारे राजनीतिक तहमा सहमति जुटाउनुपर्ने भन्दै समय मागेका थिए ।

समिति सभापति शशी श्रेष्ठले सहमति जुटाउन ल्याउन भन्दै पाँच दिनको समय दिएकी छन् ।