देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

नेपालमा कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको संख्या २० पुग्यो

देशान्तर

काठमाण्डौ । नेपालमा कोरोना सङ्क्रमणको कारण मृत्यु हुनेको सङ्ख्या २० पुगेको छ । असार १ गते मृत्यु भएकी बाँकेकी एक महिलामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

बाँकेको बैजनाथ ६ कि ४६ वर्षीया महिला गएको जेठ ३० गते मिर्गौलाको उपचारको लागि नेपालगञ्ज मेडिकल कलेज गएको र असार १ गते उनको मृत्यु भएको थियो । मृत्यु नहुँदै उनको नमुना परीक्षणको लागि भेरी अस्पतालमा पठाइएकोमा असार २ गते उनको मृत्यु भएको छ ।

उनको मृत्युपछि २ गते नै उहाँको कोरोना रिपोर्ट पोजेटिभ आएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले जानकारी दिए ।