देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

२४ करोडको स्वास्थ्य सामग्रीमा फेरि अनियमितता

देशान्तर

कोरोना भाइरस परीक्षणका लागि सरकारले विश्व स्वास्थ्य संगठनले तोकेको न्यूनतम मापदण्ड पनि पूरा नभएका किट खरिद गर्न थालेको छ, त्यो पनि प्रतिस्पर्धामा सस्तो उपलब्ध गराउने कबुल गरेका कम्पनीलाई छाडेर महँगोमा । सरकारको यो निर्णयबाट राज्यलाई आठ करोड ३४ लाख नोक्सान हुने भएको छ

। स्वास्थ्य सेवा विभागले एक लाख ५० हजार आरटी पिसिआर किट (रियल टाइम पिसिआर किट) र एक लाख ५० हजार आरएनए एक्स्ट्र्याक्सन किट खरिद गर्न ओम सर्जिकल कन्सर्न प्रालिलाई २४ करोड ८१ लाखमा ठेक्का दिएको छ । जब कि प्रतिस्पर्धामा रहेका अन्य ११ कम्पनीले ओम सर्जिकलभन्दा सस्तोमा किट उपलब्ध गराउने कबुल गरेका थिए । नयाँ पत्रिकामा खबर छ।