देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

कुवेतबाट १५० नेपाली काठमाण्डौ आइपुगे

देशान्तर

काठमाण्डौ – कुवतेबाट १५० जना नेपाली काठमाण्डौ आइपुगेका छन् । कुवेतमा आममाफीमा सहभागी १५० नेपाली जजिरा एअरमार्फत काठमाण्डौ आइपुगेका हुन् ।

कुवेत सरकारले दिएको आममाफीमा सहभागी नेपालीलाई कुवेत सरकारले आफैंले निःशुल्क रुपमा काठमाण्डौसम्म ल्याइदिएको हो । यसअघि चारवडा उडानमार्फत पाँच सय ९८ जना स्वदेश फर्किसकेका छन् । त्यहाँ आममाफी सहभागी भएर कुवेत सरकारले नै व्यवस्था गरेको सेल्टरमा बसिरहेकाहरुलाई त्यहाँको सरकारले ल्याइदिइरहेको छ ।

आममाफीमा सहभागी झण्डै तीन हजार नेपाली छन् । उनीहरु सबैलाई कुवेतले निःशुल्क रुपमा ल्याइदिने छ । जसमध्ये अहिले महिला श्रमिकलाई प्राथमिकतामा राखेर स्वदेश फकाइएको छ । बाँकीको हकमा पनि प्रक्रिया अघि बढिसकेकाले दूतावासले जनाएको छ । यसरी फर्काइने नेपालीको कोरोना परीक्षण पनि कुवेत सरकारले नै गरिदिएको छ ।