देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

अछाममा २९ जनामा कोरोना सङ्क्रमण पुष्टि

देशान्तर

काठमाडौ अछाममा बिहीबार एकै दिन २९ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । योसँगै अछाम जिल्लामा कोरोना सङ्क्रमितको सङ्ख्या ५१ पुगेको छ ।

अछामको साँफेबगर नगरपालिकाका ६ जना र मेल्लेख गाउँपालिकाका २३ जनामा सङ्क्रमण पुष्टि भएको हो । काठमाण्डौको टेकु प्रयोगशालामा गरिएको परीक्षणमा २९ जनामा सङ्क्रमण पुष्टि भएको अछाम अस्पतालका सूचना अधिकारी देव जोशीले जानकारी दिए । अहिलेसम्म अछाम जिल्लाका ५१ सङ्क्रमितमध्ये सात जना निको भएर घर फर्किसकेका छन् ।