देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

सीमा विवादको एकमात्र विकल्प कूटनीतिक समाधान हो : नारायणकाजी श्रेष्ठ

देशान्तर

काठमाडौं । सत्तारुढ नेकपाका प्रवक्ता समेत रहेका सांसद नारायणकाजी श्रेष्ठले सीमा समस्यालाई वार्तामार्फत् समाधान गर्नुपर्ने र कूटनीतिक समाधान नै यसको एकमात्र विकल्प रहेको बताउका छन् । उनले नेपाली भूमिबाट भारतीय सेना फिर्ता जानुपर्ने अडान नेपालको रहेको बताए ।

राष्ट्रिय सभाको बिहीबारको बैठकमा बोल्दै श्रेष्ठले नेपालले पटक–पटक आग्रह गर्दा पनि भारत वार्ताका लागि तयार नभएकोप्रति आश्चर्य प्रकट गरे ।

सांसद श्रेष्ठले सुगौली सन्धिपछि अर्को कुनै सम्झौता गरेर भारतलाई भूमि नदिइएको भन्दै त्यहाँका जनताले नेपालको चुनावमा मत दिएको, जनगणना गरेको र तिरो तिरेको जस्ता थुप्रै प्रमाण नेपालसँग भएको पनि बताए ।

नेपालका पूर्व राजदूत र कुटनीतिज्ञहरुले भारतले गल्ती गरेको भन्दै आएको उल्लेख गर्दै श्रेष्ठले नेपालले पटक–पटक कूटनीतिक संवाद नै यसको समाधान हो भनिरहँदा पनि वार्ता हुन नसकेको बताए ।