देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

वालकोट युवा समाजका संयोजक रवि राणाद्धारा पत्रकारहरुलाइ प्रेस समाग्री वितरण

देशान्तर

काठमाडौ । वालकोट युवासमाजका संयोजक एवम नेपालि काग्रेस सुर्यविनायक नगर समितिका उसभापति रवि राणाले नेपाल प्रेस युनियन सम्वद्ध पत्रकारहरुलाई प्रेस समाग्री वितरण गरेका छन् ।

आज वरिष्ठ पत्रकार एवम नेपाल पे्रेस युनियनका केन्द्रिय समितिका सल्लाहाकार तथा देशान्तर मिडिया ग्रुपका प्रधानसम्पादक कविर राणको अतिथ्यतामा ७० थान प्रेस लिखित ज्याकेट, ४ सय जोर पञ्जा, र ४ सय थान मास्क वितरण गरेका हुन् ।
वरिष्ठ पत्रकार राणाले अहिलेको महामारिमा अग्रिम मोर्चामा खटिएका पत्रकारहरु लाई समाग्रीहरु हस्तान्तरण गरेकोमा धन्यवाद व्यक्त गरे । साथै राणाले यस माहामारीमा पत्रकारहरुले जनतामा सचेतना फैलाउने र सुसुचित समाचार सम्प्रेषण गर्न आग्रह गर्दै अम¥यादित र त्रास फैलाउन अतिरञ्जीत समचार प्रसारण नगर्न सुझाव दिए ।

त्यस्तै वालकोट युवासमाजका संयोजक रवि राणले यस अघि पनि साविक वालकोट हाल सुर्यविनायक नगरपालिका २ र ३ वडाका अतिविपन्न ज्याला मज्दुरी गरी पेट पाल्ने एघार सय परिवारलाई खाद्यान्न वितरण गरिसकेका छन् । यस्तै राणाले नगरपालिका यातायातलाई पीपीई ,स्यानिटाईजर, मास्क, पञ्जा वितरण गरिसकोका छन् ।

उनले अग्रिम मोर्चामा खटिने राष्ट्रको चौथो अंग पत्रकारहरुलाई पनि सामाग्री वितरण गरेको बताए ।  कार्यक्रम नेपाल प्रेस युनियन भक्तपुरका सभापति रोशन सिल्पकारको सभापतित्वमा सम्पन्न भएको हो ।