देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

काठमाडौं उपत्यकामा थप ६ जनामा कोरोना संक्रमण पुष्टि

देशान्तर

काठमाडौं । काठमाडौं उपत्यकामा आज (बिहीबार) थप ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार भक्तपुरमा ३ जना, काठमाडौंमा २ जना र ललितपुरमा एक जनामा कोरोना संक्रमण देखिएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज कोरोना संक्रमण पुष्टि भएका ६७१ जनामध्ये काठमाडौं उपत्यकाका ६ जना रहेको जानकारी दिएको हो । लकडाउन खुकुलो भएसँगै काठमाडौं उपत्यकामा पनि दिनहुँजसो संक्रमित भेटिन थालेका छन् ।