देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

वैदेशिक रोजगारीको क्रममा विदेशमा मुत्यु भएका २४ जनाको शव आज नेपाल ल्याइँदै

देशान्तर

 

काठमाडौं । वैदेशिक रोजगारीको क्रममा विदेशमा ज्यान गुमाएका २४ जनाको शव आज नेपाल ल्याइँदैछ। कतारबाट मात्रै २० जनाको शव नेपाल ल्याउन लागिएको हो । वैदेशिक रोजगार बोर्डका अनुसार कतारबाटबाहेक युएईबाट एक, कुवेतबाट दुई र साउदीबाट एकजनाको शव नेपाल ल्याउन लागिएको हो ।

साउदीबाट एकजनाको शव हिमालयन एयरलाइन्सबाट नेपाल ल्याइसकिएको बोर्डका कार्यकारी निर्देशक राजनप्रसाद श्रेष्ठले बताउनुभयो। कतार एयरवेजमार्फत ४३ जना नेपाली र २० वटा शव नेपाल ल्याइने तयारी भएको कार्यकारी निर्देशक श्रेष्ठले बताए ।

निर्देशक श्रेष्ठका अनुसार उनीहरुलाई कतार सरकार आफैले पठाउन लागेको हो । ७ वटा शव काठमाडौँमै अन्त्येस्टी गर्ने र बाँकी घरसम्म पुर्याइदिने व्यवस्था गरिएको निर्देशक श्रेष्ठले बताए