देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

गुल्मीमा थप ४८ जनामा कोरोना संक्रमण पुष्टि , जिल्लामा संक्रमित १ सय ५४ जना

देशान्तर

गुल्मी । गुल्मीमा शुक्रबार थप ४८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला रुपन्देहीमा गरिएको परीक्षणमा ४८ जनामा कोरोना संक्रमण पुिष्ट भएको स्वास्थ्य कार्यालय गुल्मीका सूचना अधिकारी पशुपति आर्चायले जानकारी दिए।योसँगै जिल्लामा संक्रमितको संख्या १५४ पुगेको स्वास्थ्य कार्यालय गुल्मीले जनाएको छ।

शुक्रबार संकमण पुष्टि हुनेमा धुर्कोट गाउँपालिकाका २० जना, गुल्मीदरबार गाउँपालिकाका १४ जना, इश्मा गाउँपालिकाका १२ जना र मालिका गाउँपालिकाका २ जना रहेको स्वास्थ्य कार्यालय गुल्मीले जनाएको छ। उनीहरुको उमेर समूह १६ देखि ५९ वर्षसम्मको रहेको छ। संक्रमण देखिएका सबै भारतबाट आएका हुन्। जिल्लामा कोरोना संक्रमणका कारण २ जनाको निधन भएको छ भने ४ जना उपचार पछि निको भएका छन्।