देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

लकडाउन व्यवस्थित गर्न गृहले जारी गर्‍यो नयाँ सुरक्षा मापदण्ड

देशान्तर

काठमाडौं। गृह मन्त्रालयले लकडाउन व्यवस्थित गर्न नयाँ सुरक्षा मापदण्ड जारी गरेको छ। शुक्रबार मन्त्रालयले ‘बन्दाबन्दीलाई व्यवस्थित गर्ने सम्बन्धी सुरक्षा मापदण्ड, २०७७’ जारी गरेको हो।

नयाँ मापदण्डअनुसार अब राती १० बजेदेखि बिहान ५ बजेसम्म अत्यावश्यक कामबाहेक हिँडडुल गर्न पाइने छैन। नयाँ मापदण्डअनुसार विवाह, ब्रतबन्ध, मृत्यु संस्कार, चाडपर्व, पूजा पाठलगायतका सामाजिक सांस्कृतिक कार्यक्रमहरुमा १५ जनाभन्दा बढी भेला हुन नपाइने भएको हो।

यस्तै मालसामान ढुवानी गर्ने कुनै पनि प्रकारको सवारी साधनहरुले चालक, सहचालकबाहेक अन्य कुनै पनि यात्रुको ओसारपसार गर्न नपाइने नयाँ सुरक्षा मापदण्डमा उल्लेख गरिएको छ ।