देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

अब वैदेशिक रोजगार र विदेश अध्ययन गर्न चाहनेहरुलाई जान दिइने

देशान्तर

काठमाडौं । सरकारले बिदामा आएका वा वैदेशिक रोजगारमा जानेहरुलाई श्रम मन्त्रालयको सिफारिसमा जान दिने निर्णय गरेको छ । शुक्रबार बसेको कोभिड १९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)को बैठकले बिदामा आएकासँगै नयाँ रोजगारी र अध्ययनका लागि जान दिने निर्णय गरेको हो ।

श्रम तथा रोजगार मन्त्रालयको सिफारिसमा जान दिने निर्णय गरिएको हो । यस्तै विदेश पढ्न जाने विद्यार्थीलाई शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयको सिफारिसमा जान दिने निर्णय गरेको परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले जानकारी दिए । वैदेशिक रोजगारीमा जानेलाई श्रम मन्त्रलायले अनुमति दिनेछ ।

रोजगार दाता कम्पनी र रोजगारी गरिरहेको देशले खर्च नबेहोरेका र आफ्नै खर्चमा फर्किन नसक्ने नेपालीलाई ल्याउने गाइड लाइन पनि बनाउने तयारी सरकारले थालेको छ । यसको जिम्मा श्रम मन्त्रालयलाई दिइएको छ । विदेशबाट ल्याइएका शव व्यवस्थनापनको जिम्मा पनि श्रमलाई दिइएको छ ।