देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

आज देशभर वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह

देशान्तर

काठमाडौँ । आज (शनिबार) पनि देशभर वर्षा हुने सम्भावना रहेको मौसमविद्ले बताएका छन्। साथै प्रदेश ५ देखि पूर्वका विभिन्न स्थानमा ठूलो पानी पर्ने सम्भावना रहेकाले सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाले आग्रह गरेको छ।

महाशाखाका अनुसार अहिले (शनिबार बिहान) पनि देशका थोरै स्थानमा हल्कादेखि मध्यमसम्म वर्षा भइरहेको छ। आज प्रदेश १, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेश र प्रदेश नं ५ का धेरै स्थानमा साथै कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा हल्कादेखि मध्यमसम्म वर्षाको सम्भावना छ। यसैगरी प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश र प्रदेश नं ५ का एक वा दुइ स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको महाशाखाले शनिबार बिहान ६ बजे जारी गरेको बुलेटिनमा उल्लेख छ।

यसैगरी राति पनि उल्लिखत स्थानमा उल्लिखित मात्रामै वर्षा जारी रहने जनाइएको छ। महाशाखाले आगामी आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श जारी गर्दै भनेको छः वर्षा हुने क्षेत्रका नदीमा पानीको बहाव बढ्ने, पहिरो जाने, सडक तथा हवाई यातायात प्रभावित हुने सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन हुन अनुरोध छ।