देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

वर्षाले डिल्लीबजार कारागारको मुख्य गेट भत्कियाे

देशान्तर

काठमाडौं । लगातारको वर्षाले डिल्लीबजार कारागारको मुख्य गेट शुक्रबार राति भत्किएको छ । धेरै पुरानो भएको उक्त गेट वर्षाका कारण भत्किएको कारागार व्यवस्थापन विभागका महानिर्देशक प्रदीपराज कँडेलल जानकारी दिएका छन् ।

गेट भत्किँदा मानवीय क्षति भने भएको छैन तर कारागारभित्र बिजुली अवरूद्ध हुन पुगेको थियो । कैदी बन्दीको सुरक्षाका लागि थप सुरक्षाकर्मीको व्यवस्था गरिएको थियो ।

जीर्ण अवस्थामै रहेको भवन (गेट) पानीले भिजेर भत्किएको बताइएको छ ।