काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी नेकपाको सचिवालय बैठक बस्दै छ। एमसीसी परियोजना र अन्य विषयमा छ्लफल गर्न सचिवालय बैठक बोलाइएको हो। प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले अहिले बिहान ९ बजे प्रधानमन्त्री निवास बालुवाटारमा सचिवालयको बैठक बस्न लागेको जानकारी दिए।
यसअघि तय भएर पनि दुईपटक बैठक स्थगित भएको थियो। आजको बैठक मुख्य रूपमा एमसीसी परियोजनाबारे पार्टीभित्र देखिएको विवादका विषयमा केन्द्रित हुने बुझिएको छ। नेकपाभित्र उक्त परियोजनाको विषयमा ठूलो विवाद छ। परियोजना संसदबाट पारित गर्नुपर्ने र नपर्ने विषयमा नेताहरूबीच मत बाझिएको छ।
सरकारले नीति तथा कार्यक्रम र बजेटमा समेत एमसीसी परियोजना समावेश गरेको भन्दै पार्टीभित्र विरोध भएको थियो। यद्यपि, यस विषयमा भने प्रधानमन्त्रीले एमसीसी पास गर्ने-नगर्ने भन्ने संसदको अधिकार भएको बताइसकेका छन्।





प्रतिक्रिया