देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

एसईईलाई कक्षा १२ मा कायम राख्न कानुन संशोधन गर्ने तयारी

देशान्तर

काठमाडौं, माध्यमिक शिक्षा परीक्षा कक्षा १० ( एसईई )  को कानुनी व्यवस्था परिवर्तन गरिँदै छ। कोरोना महामारीका कारण स्थगित माध्यमिक तहको राष्ट्रियस्तरको परीक्षालाई आगामी वर्षमा पनि कक्षा १२ मा मात्रै कायम राख्ने गरी कानुनमा संशोधन गर्न लागिएको हो।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको सिफारिसमा नेपालले सरकार (मन्त्रिपरिषद्)  बाट गत जेठ २८ गते २०७६ को माध्यमिक शिक्षा परीक्षा, कक्षा १० ९( एसईई)  को परीक्षा नलिई आन्तरिक मूल्यांकनका आधारमा ग्रेडिङ गर्ने जुन निर्णय भएको छ, त्यसलाई संरचनाका रूपमा विकास गर्न कानुनमा परिवर्तन आवश्यक हुन्छ। उक्त निर्णयलाई शिक्षा क्षेत्रमा सकारात्मक मानिएको छ।