देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

देशभर ३ सय ३१ कोरोना संक्रमित थपिए ,सङ्क्रमितको सङ्ख्या ८ हजार ६०५ पुग्यो

देशान्तर

काठमाडौ । नेपालमा पछिल्लो २४ घण्टामा ३३१ जना कोरोना संक्रमित थपिएका छन्।

शनिबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्रा। डा। जागेश्वर गौतमले देशभरका प्रयोगशालामा गरिएको परीक्षणमा थप ३३१ जनाको पीसीआर रिपोर्ट पोजिटिभ आएको बताए। जसमा ४९ महिला र २८२ पुरुष रहेको प्रवक्ता गौतमले जानकारी दिए।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ८ हजार ६०५ पुगेको छ। जसमा ७५६ महिला र पुरुष ७ हजार ८४९ रहेका छन्।