देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

कुवेतमा आममाफीमा सहभागी १६६ जना नेपाली काठमाण्डौ आए

देशान्तर

काठमाण्डौ – कुवेत सरकारले आज पनि त्यहाँ आममाफीमा सहभागी १६६ जना नेपालीलाई काठमाण्डौसम्म ल्याइदिएको छ । भिसाको अवधि सकिएर नवीकरण नगरेका र रोजगारदाता परिवर्तन गर्दा लागेको जरिवाना माफ गर्दै कुवेतले आममाफीको अवसर दिएर निःशुल्क काठमाण्डौसम्म ल्याइदिएको हो । फर्कनेमा १ जना पुरुष, पाँच वर्ष मुनीका ५ जना बालबालिका, एक जना ५ वर्षमा माथिका बालक र १६९ जना महिला रहेका त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले जनाएको छ ।

आममाफीमा सहभागी सबैलाई आफैंले सेल्टरको व्यवस्था गरेको कुवेतले दिनहुँ नेपालीहरुलाई काठमाण्डौ ल्याइरहेको छ । झण्डै तीन हजार नेपाली आममाफीमा सहभागी छन् । कुवेतबाट आजसम्म ७ उडानमार्फत एक हजार ६४ जना नेपाली स्वदेश फर्किएका छन् ।

आजै साउदीको रियाद, यूएईको आबुधाबी र कतारको दोहाबाट नेपालीहरु काठमाण्डौ आइपुगेका छन् । यूएईको आबुधाबीबाट १ सय ५१ जना नेपाली फर्किएका हुन् ।

यस्तै, कतारको दोहाबाट १४९ जना नेपाली स्वदेश आइपुगेका छन् । नेपाल एअरलाइन्सको चार्टर्ड उडान नम्बर आर ए २३९२ मार्फत १४९ जना नेपाली स्वदेश फर्किएको त्यहाँ रहेको नेपाली दूतावासले जनाएको छ ।