सिरहा । सिरहा नगरपालिकाको सूर्यनारायण– सत्यनारायण मरवैता यादव बहुमुखी क्याम्पसको क्वारेन्टिनमा बसेका ५२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमितमा २० देखि ६५ वर्ष उमेर समूहका रहेका छन् ।
संक्रमितहरुलाई लिल्ला अस्पताल सिरहाको आइसोलेसनमा राख्ने तयारी भइरहेको सिरहाका प्रमुख जिल्ला अधिकारी सरोज गुरागाईंले जानकारी दिए । योसहित सिरहामा कोरोना भाइरसको संक्रमित संख्या ७४ पुगेको छ । सिरहाका संक्रमितहरु सबै भारतबाट आएकाहरु हुन् ।





प्रतिक्रिया