सुर्खेत । जिल्लामा होम क्वारेन्टिनमा बसेका युवकको संकास्पद मृत्यु भएको छ । जिल्लाको भेरीगंगा नगरपालिका–५ भर्रेनीका एक युवकको आइतबार बिहान संकास्पद मृत्यु भएको हो ।
कोरोना संक्रमणको आशंकामा मृतक युवकको स्वाब संकलन गरी पीसीआर परीक्षणका लागि प्रदेश अस्पताल सुर्खेत पठाइएको छ । नगर स्वास्थ्य इञ्चार्ज राजेश बुढाका अनुसार पीसीआर रिपोर्ट आएपछि मात्रै मृतकको दाहसंस्कार गरिने छ ।
मृतक युवा छिन्चुमा रहेको शारदा माध्यामिक विद्यालयस्थित क्वारेन्टिनमा १४ दिन बसेर होम क्वारेन्टिनमा बस्नका लागि जेठ २९ गते घर फर्किए थिए । भेरीगंगा नगरपालिकाका उपमेयर रेणु आचार्यका अनुसार मृतक युवकको आरडीटी परीक्षण रिपोर्ट नेगेटिभ आएको थियो ।





प्रतिक्रिया