देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

पर्वतमा बलत्कार आरोपमा एक युवक पक्राउ

देशान्तर

बर्दिया । पर्वतमा २१ बर्षिया युवतीलाई बलात्कार गरेको आरोपमा सडक निर्माण कम्पनीका साइड इञ्चार्ज पक्राउ परेका छन ।जलजला गाउँपालिका वडा नं. ४ का ३२ बर्षिय रविन जिसी पक्राउ परेका हुन ।

जिसीले गत जेठ १६ गते जलजला गाउँपालिका वडा नं. ७ धाइरिङ्गमा आफुलाई बलात्कार गरेको भन्दै युवतीले गत शुक्रवार जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएकी थिइन् । पक्राउ परेका जिसी जलजला गाउँपालिकामा निर्माणाधिन मिलनचोक धाइरिङ ठोट्नेरी सडकका साइड इञ्चार्ज हुन ।

उनलाई प्रहरीले उजुरी परेकै दिन नियन्त्रणमा लिई बेनी अस्पतालमा स्वास्थ्य परिक्षण गराएर हिरासतमा राखेको छ । आइतबार जिसीलाई थप हिरासतमा राख्नका लागि जिल्ला अदालतबाट अनुमति लिइएको छ ।