सुर्खेत । कर्णाली प्रदेश अस्पतालका पाँचजना स्वास्थ्यकर्मीमा कोरोना भाइरस कोभिड१९ को संक्रमण पुष्टि भएको छ । प्रदेश अस्पतालको ल्याब र एक्सरे विभागमा कार्यरत कर्मचारीलाई कोरोनाको संक्रमण देखिएको हो ।
प्रदेश अस्पतालका कोरोना फोकल पर्सन डा।केएन पौडेलका अनुसार प्रदेश अस्पतालको ल्याबमा कार्यरत ल्याब असिस्टेन्टसहित चारजना र एकजना एक्सरेमा कार्यरत कर्मचारीलाई कोरोना संक्रमण देखिएको छ । गत जेठ ३१ र ३२ गतेदेखि असार ३ गतेसम्म प्रदेश अस्पतालको आकस्मिक कक्षमा उपचार गराइरहेका ३ जना बिरामीमा कोरोना पोजेटिभ देखिएपछि उनीहरुको सम्पर्कमा आएका स्वास्थ्यकर्मी तथा कर्मचारीसहितका ४५ जनालाई क्वारेन्टाइनमा राखिएको थियो । जसमध्येका पाँचजनालाई कोरोना संक्रमण देखिएको हो । क्वारेन्टिनमा रहेका सबै ४५ जनाको स्वाब परीक्षण गरिएको थियो ।
‘कोरोना संक्रमण देखिएका पाँजनालाई आईसोलेसनमा राखिएको छ भने बाँकी नेगेटिभ रिपोर्ट आएकाहरु भने सोमबारदेखि नै काममा खटिँदैछन,’ डा। पौडेलले भने । उनका अनुसार स्वास्थ्यकर्मीको अभाव झेलिरहेको प्रदेश अस्पतालमा स्वास्थ्यकर्मी नै आईसोलेसन र क्वारेन्टिनमा बस्नु परेपछि अस्पतालका सेवा प्रभावित भएका छन् ।





प्रतिक्रिया