देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

कलंकी क्षेत्रमा ट्राफिक नियम उलङ्घन गर्ने सवारीसाधनमा कडाइ

देशान्तर

काठमाडौँ । नेपाल सरकारले कोरोना भाइरसको जोखिम न्यूनीकरणका लागि गर्दै आएको लकडाउनको नयाँ मोडालिटी जोर बिजोर प्रणालीलाई ट्राफिक प्रहरीले काठमाडौँ उपत्यकामा थप कडाइ गरेको छ ।
जोर विजोर प्रणालीको पूर्ण पालना नभएको भन्दै ट्राफिक प्रहरीले कडाइ गरेको हो । महानगरीय ट्राफिक प्रहरी प्रभाग कंलकीले बिजोर सवारी साधन चल्ने दिन जोर सवारी साधन, सिङ्गल सवारका सट्टा दुई जना चढेको सवार सवारीसाधनलाई होल्ड गरेको छ ।

महानगरीय ट्राफिक प्रहरी प्रभाग कंलकीका प्रमुख प्रहरी निरीक्षक पुरूषोतम कार्कीले आइतबार मात्रै दुई पाङ्ग्रे १२२ र भाडाका ट्याक्सी २५ वटा नियन्त्रणमा लिइएको बताए । कंलकी ट्राफिकले एकातर्फ आम नागरिकहरूलाई सचेतना जगाउन, सामाजिक दुरीको पालना गराउन तथा सवारी साधनहरुमा हुने भिडभाड कम गराउनका लागि सजगता र सचेतनाका लागि मुख्य–मुख्य चोकहरूमा प्लेकार्डमार्फत सचेतना दिइरहेको कार्कीले बताए ।