देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

नागरिकता विधेयकसम्बन्धी प्रतिवेदन आज प्रतिनिधिसभामा पेस हुँदै

देशान्तर

 

काठमाडौं । राज्य व्यवस्था तथा सुशासन समितिले बहुमतले पारित गरेको नागरिकतासम्बन्धी विधेयकको प्रतिवेदन आज प्रतिनिधिसभामा पेस हुने भएको छ ।दिउँसो १ बजेबाट सुरु हुने बैठकमा समिति सभापति शशि श्रेष्ठले समितिले पारित गरेको प्रतिवेदन पेस गर्ने कार्यसूची छ ।

समितिले आइतबार नेपाली नागरिकसँग विवाह गरेर आउने विदेशी महिलाले ७ वर्षपछि नेपालको अंगीकृत नागरिकता लिन सक्ने गरी प्रतिवेदन पारित गरेको थियो । प्रतिपक्षी दलहरु नेपाली कांग्रेस, राजपा र संघीय समाजवादीले भने असहमति राख्दै फरक मत राखेका थिए । समितिले बहुमतले निर्णय गरेकाले उनीहरुले राखेको फरक मत भने प्रतिवेदनमा समेटिएको छैन ।

०७५ साउनमा संसदमा दर्ता भएको सो विधेयक २ वर्षपछि समितिबाट पुनः संसदमा आएको हो । अब विधेयकमाथि प्रतिनिधिसभामा छलफल हुनेछ ।