काठमाडौं । बझाङमा एकजना युवकले क्वारेन्टिनमै आत्महत्या गरेका छन् । छबिस पाथिभेरा गाउँपालिका ७ स्थित विद्यालयको क्वारेन्टिनमा बसेका सोही ठाउँका ३० वर्षीय युवकले आत्महत्या गरेका हुन् ।
विद्यालयको अलग्गै कोठामा बसेका युवक बिहान नउठेपछि हेर्न जाँदा झुण्डिएको अवस्थामा मृत फेला परेको गाउँपालिकाका अधयक्ष अक्कल धामीले जानकारी दिनुभयो ।
भारतबाट आएका युवक यही असार ६ गतेदेखि क्वारेन्टिनमा बस्दै आएका थिए । अध्यक्ष धामीका अनुसार युवक ८ गते बिहान कोठाभित्रै झुण्डिएको अवस्थामा भेटिएका हुन् । मृतकको सोमबार नै अन्त्येष्टि गरिएको छ ।





प्रतिक्रिया