देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

पछिल्लो २४ घण्टामा थप ५३८ जना कोरोना संक्रमित थपिए

देशान्तर

काठमाडौं, नेपालमा पछिल्लो २४ घण्टामा थप ५३८ जना कोरोना संक्रमित थपिएका छन्।

मंगलबारको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्रा।डा। जागेश्वर गौतमले देशभरका परीक्षण केन्द्रमा गरिएको परीक्षणमा ५८८ जनाको पीसीआर रिपोर्ट पोजिटिभ आएको बताए।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १० हजार ९९ पुगेको छ। त्यस्तै पछिल्लो २४ घण्टामा ८ महिला र ६८ पुरुष गरी ७६ जना उपचारपछि निको भएर डिस्चार्ज भएका छन् योसँगै ८९ महिला २ हजार ३५ पुरुष गरी २२३४ जना डिस्चार्ज भएको प्रवक्ता गौतमले जानकारी दिए। त्यस्तै अहिलेसम्म कोरोना संक्रमणबाट २४ जनाको मृत्यु भएको छ।