गण्डकी प्रदेशमा थप ३२ जनामा कोरोना संक्रमण देखिएको छ । गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार प्रदेश क्षयरोग केन्द्र पोखरा र भरतपुर अस्पताल चितवनमा गरिएको परीक्षणमा प्रदेशका ८ जिल्लामा थप संक्रमण पुष्टि भएको हो ।
निर्देशनालयका अनुसार लमजुङमा ५ जना, पर्वतमा १, स्याङजामा ७, कास्कीमा ५, गोरखामा १, बाग्लुङमा ९, तनहुँमा १, नवलपरासी पूर्वमा ३ जनामा संक्रमण देखिएको हो ।
संक्रमित सबैलाई सम्बन्धित जिल्लामा रहेका आइसोलेसन कक्षमा लैजाने तयारी भइरहेको छ ।
मंगलबार साँझ पनि गण्डकीका विभिन्न जिल्लाहरुमा १ सय ४ जनामा संक्रमण पुष्टि भएको थियो । योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ७ सय २९ पुगेको छ ।





प्रतिक्रिया