अर्घाखाँची । अर्घाखाँचीमा १० महिने बालिकासहित ४८ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन्।
शितगंगा नगरपालिकाका १० महिने बालिकासहित १५ जना, सन्धिखर्क नगरपालिकाका २९, पाणिनी गाँउपालिकामा तीन र छत्रदेव गाँउपालिकामा एकजना निको भएर डिस्चार्ज भएको जनस्वास्थ्य कार्यालय प्रमुख पुष्पा थापामगरले जानकारी दिइन्। डिस्चार्ज भएकाहरुलाई एक सातासम्म होम क्वारेन्टाइनमा बस्न आग्रह गरिएको छ।





प्रतिक्रिया