धनगढी – कैलालीका २ वटा स्थानीय तहमा मात्र बुधबार ५७ जनामा कोरोना पुष्टि भएको छ ।
धनगढी प्रयोगशालामा भएको परीक्षणमा लम्की चुहा नगरपालिकाका ६ महिला र १९ पुरुष सहित २५, गोदावरी नगरपालिकाका ४ महिला र २८ पुरुषसहित ३२ जनामा कोरोना पुष्टि भएको सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले जानकारी दिए ।
यो सँगै कैलालीमा ४ सय ६० जना कोरोना संक्रमित पुगेका छन् । अहिले सम्म सुदूरपश्चिममा संक्रमितको संख्या एक हजार तीन सय ३४ पुगेको छ ।





प्रतिक्रिया