सप्तरी। सप्तरीमा आज बिहान चट्याङ्ले लागेर चार जनाको मृत्यु भएको छ। एक जना घाइते भएका छन्।
सप्तरी जिल्ला प्रहरी कार्यालयका प्रवक्ता तिलक भारतीका अनुसार सप्तरीका डाक्नेश्वर नगरपालिकामा १, महादेवा गाउँपालिकामा २ जना र राजगढ गाउँपालिकामा १ जनाको मृत्यु तथा १ जना भएका हुन्।
बिहीबार बिहान पौन ८ बजेतिर परेको चट्याङले लाग्दा डाक्नेश्वर नगरपालिका वडा नम्बर ९ की ३० वर्षीया ललितादेवी यादव, महादेवा गाउँपालिका वडा नम्बर २ का ६० वर्षीय छेदी ठाकुर र २७ वर्षीय बेचन यादव तथा राजगढ नगरपालिका वडा नम्बर ४, बेचीचपेनाका ४६ वर्षीय केसीलाल साहको मृत्यु भएको डीएसपी भारतीले जानकारी दिए। यस्तै सोही ठाउँकी १८ वर्षीया आशा मण्डल घाइते भएको उनले बताए।
डीएसपी भारतीका अनुसार डाक्नेश्वरीकी ललितादेवीलाई खेतमा काम गरिरहेका बेला तथा महदेवाका ठाकुर सप्तकोसी नदीमा नुहाउन गएका बेला चट्याङले लागेर घटनास्थलमै मृत्यु भएको हो।





प्रतिक्रिया