पाल्पा । पाल्पामा बिहीबार एकैदिन १ सय २१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। भरतपुर अस्पतालले बिहीबार बिहान जारी गरेको सूचनाअनुसार पाल्पाका ९३ जनामा कोरोना कोरोना संक्रमण पुष्टि भएको हो। पाल्पा स्वास्थ्य कार्यालयका सूचना अधिकारी ओमप्रकाश पन्थीका अनुसार उनीहरु पाल्पाको निस्दी गाउँपालिकामा हुन्। यस्तै पाल्पाकै पूर्वखोला गाउँपालिकामा १८, रम्भा गाउँपालिकामा ६, तानसेन नगरपालिकामा ३ र तिनाउ गाउँपालिकामा १ जनामा पनि बिहीबारै कोरोना संक्रमण पुष्टिको रिपोर्ट प्राप्त भएका हुन्।
निस्दीका बाहेक अन्यको स्बावचाहिँ प्रादेशिक प्रयोगशाला भैरहवामा गरिएको परीक्षण भएको हो। योसँगै पाल्पामा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ३ सय ६६ पुगेको र तीमध्ये एक जनाको मृत्यु भएको त्यहाँको स्वास्थ्य कार्यालयले जनाएको छ।





प्रतिक्रिया