काठमाडौं । काठमाडौं उपत्यकाको लगनखेलस्थित पाटन अस्पतालमा उपचाररत एक जना कोरोना संक्रमितको मृत्यु भएको छ ।
चितवन स्थायी घर भई ललिपुर बस्दै आएका ५० वर्षीय पुरुषको मृत्यु भएको हो । उनको पाँच महिना अगाडि मिर्गौला प्रत्यारोपण गरिएको थियो ।
उनलाई कोरोना संक्रमणको पुष्टि भएपछि पाटन अस्पतालको आइसोलेसन सेन्टरमा उपचार हुँदै आएको थियो । उनको बिहीबार विहान ७ बजेतिर मृत्यु भएको हो ।





प्रतिक्रिया