काठमाडौँ– कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएका स्याङ्जाका ५५ वर्षीय पुरुषको शव व्यवस्थापनका क्रममा स्थानीयले विरोध गरेपछि पोखरामा प्रहरीले गोली चलाएको छ । शव व्यवस्थापनको क्रममा प्रहरी र स्थानीयबीच झडपसमेत भएको छ। स्थानीयले ढुंगामुढा गरेपछि स्थिति नियन्त्रणमा लिन ८ राउण्ड हवाई फायर गरिएको गण्डकी प्रदेश प्रहरी प्रवक्ता किरण राणाले जानकारी दिइन्
गत असार ८ गते उपचारका लागि पोखरा गएका स्याङ्जाको आँधीखोला गाउँपालिका सिरुवारीका ५५ वर्षीय पुरुषको बुधबार राती कोरोनाका कारण मृत्यु भएको थियो। विरोधका बीच प्रहरीले कोरोनाका कारण मृत्यु भएका पुरुषको शव व्यवस्थापन गरेको छ।





प्रतिक्रिया