देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

नेकपाकाे स्थायी समिति बैठक बस्दै

देशान्तर

सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठक आज पनि बस्दैछ । बुधवार सुरु भएको बैठकमा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालले आ आफ्नो धारण राखेका थिए ।

आजको बैठकका लागि विभिन्न ७ वटा एजेण्डा तय भएको नेकपा प्रवक्ताा नारायणकाजी श्रेष्ठले बताए ।

आजको बैठकमा सरकारको कामको समीक्षा, पार्टी एकता प्रक्रिया, अमेरिकी सहायता परियोजना (एमसिसी) र अन्य विविध विषयमा छलफल हुने बताईएको छ ।

नेकपाभित्र पछिल्लो समय अमेरिकी सहयोग परियोजना एमसीसीको विषयले विवाद चुलिएको छ ।