देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

महाधिवेसन कार्यतालिका परिवर्तन गर्न कांग्रेसले पदाधिकारी बैठक बोलायो

देशान्तर

काठमाडौं । महाधिवेसन कार्यतालिका परिवर्तन गर्न नेपाली कांग्रेसले पदाधिकारी बैठक बोलाएको छ । पार्टी मुख्य सचिव कृष्णप्रसाद पौडेलका अनुसार आइतबार बिहान ९ बजे सभापति देउवा निवास बुढानिलकण्ठमा बैठक बस्ने भएको हो ।

कांग्रेसले २०७७ साल फागुन ७ गतेबाट केन्द्रीय महाधिवेसन गर्ने यसअघि नै कार्यतालिका तय गरेको थियो । तर, कोरोना संकटका कारण महाधिवेसनका लागि गत वर्षको चैतबाट वितरण र नविकरण गर्नुपर्ने क्रियाशिल सदस्यताको कार्यक्रम सूचारु हुन सकेको छैन ।

बैठकमा वरिष्ठ नेता रामचन्द्र पौडेल तथा पूर्व महामन्त्री कृष्णप्रसाद सिटौंला लगायत केही पूर्व पदाधीकारीहरु उपस्थिति हुने सचिव पौडेलले जानकारी दिनुभयो ।