देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

मलेसियाबाट १८ नेपालीको शव ल्याउँदै, भोलि साउदीबाट पनि १६ जनाको शव ल्याइने

देशान्तर

काठमाण्डौ – आज मलेसियाबाट १८ जना नेपालीको शव ल्याइने भएको छ । कोरोनाको कारण अन्तर्राष्ट्रिय उडान बन्द हुँदा रोकिएका शव वैदेशिक रोजगार बोर्ड र नेपाली दूतावासको समन्वयमा शव आज स्वदेश ल्याउन लागिएको हो । आज साँझ नेपाली लिएर आउने चार्टर्ड उडानमार्फत शव पनि ल्याउन लागिएको हो । यसअघि पनि कोरोनाको कारण रोकिएका ११ शव मलेसियाबाट ल्याइएको छ ।

यस्तै साउदीबाट भोलि शनिबार बिहान नेपाली लिएर आउने जहाजले १६ जनाको शव ल्याउने भएको छ । कोरोनाको कारण अन्तर्राष्ट्रिय उडान बन्द हुँदा विभिन्न देशमा नेपालीका शव रोकिएका थिए । त्यहाँ समस्यामा परेको नेपालीको स्वदेश फिर्ती सुरु भएसँगै शव पनि आउन थालेका छन् । कतारले असार ६ गते २० जना नेपालीको शव कतार एअरवेजको चार्टर्ड उडानमार्फत पठाएको थियो ।

अन्य देशबाट पनि नेपाली लिएर आएका जहाजले शव पनि लिएर आइरहेका छन् । यसरी विमास्थलमा आइपुगेका शव लकडाउनका कारण आफन्त लिन आउन नपाएमा बोर्ड आफैंले बुझेर घरसम्म निःशुल्क पुर्‍याइदिन्छ । काठमाण्डौमै आफन्त भएमा शव बुझ्न सकिने र बोर्डले घरसम्म ढुवानी गरिदिने बोर्डका कार्यकारी निर्देशक राजनप्रसाद श्रेष्ठले जानकारी दिए । आज आउने शवको ढुवानीका लागि बोर्ड तयारी अवस्थामा रहेको उनको भनाइ छ ।