देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

काठमाडौंमा आज पनि भेटिए तीनजना कोरोना संक्रमित

देशान्तर

काठमाडौं :  काठमाडौं उपत्यकामा आज पनि तीन जना पुरुषमा कोरोना भाइरस ( कोभिड १९) का संक्रमित भेटिएका छन्। टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा गरिएको परिक्षणमा काठमाडौंका ३ जनामा  संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले बताए।

यस्तै, प्रवक्ता प्राडा गौतमका अनुसार पछिल्लो २४ घन्टामा शुक्रबार नेपालमा ५ सय ९३ जनामा कोरोना संक्रमण देखिएको छ। योसँगै नेपालमा संक्रमितको संख्या ११ हजार ७ सय ५५ पुगेको छ। शुक्रबारसम्म डिस्चार्ज हुनेको संख्या २ हजार ६ सय ९८ पुगेको छ।