देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

कोरोनाको कारण विदेशमा रोकिएका ८७ शव नेपाल ल्याइयो

देशान्तर

काठमाण्डौ । कोरोनाको कारण विदेशमा रोकिएका ८७ शव स्वदेश ल्याइएको छ । विदेशमा समस्यामा परेका नेपालीको स्वदेश फिर्ती सुरु भएसँगै त्यहाँ रोकिएका शव पनि ल्याइएको हो । अहिलेसम्म सबैभन्दा धेरै शव मलेसियाबाट ल्याइएको छ । मलेसियाबाट ३१ वटा शव ल्याइएको छ । मलेसियापछि साउदी र कतारबाट २०र२० वटा शव ल्याइएको वैदेशिक रोजगार बोर्डले जनाएको छ ।

कुवेतबाट ७ जना नेपालीको शव आएको छ भने यूएईबाट पाँच नेपालीको शव ल्याइएको बोर्डले जनाएको छ । बोर्डकाअनुसार बहराइनबाट ३ जना नेपालीको शव ल्याइएको छ भने ओमानबाट १ जना नेपालीको शव ल्याइएको छ । यो अवधिमा विदेशमा ज्यान गुमाएका ३ सय ३३ जनामध्ये १२६ जनाका परिवारले भने गन्तव्य देशमै अन्त्येष्टिका लागि अनुमति दिएको हुँदा उतै सदगत गरिएको छ । अझै विदेशमा १२० नेपालीको शव बाँकी छ ।

अब साउदीमा सबैभन्दा धेरै शव बाँकी छ । साउदीमा अब ५९ शव छन् भने मलेसियामा २३ शव बाँकी छ । बोर्डका अनुसार कतारमा ११, यूएईमा १४, कुवेतमा ५ र बहराइनमा १ जना नेपालको शव बाँकी छ भने अन्य देशबाट ७ वटा शव ल्याउन बाँकी छ ।