देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

नेकपा स्थायी समिति बैठकको तेस्रो दिन ओली पनि सहभागी

देशान्तर

काठमाडौं, सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी नेकपाको स्थायी समिति बैठक प्रधानमन्त्री निवास बालुवाटारमा जारी छ।

शुक्रबार दोस्रो दिनको बैठकमा अनुपस्थित रहेका प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली आजको बैठकमा भने सहभागी भएका छन्। प्रधानमन्त्री ओलीका प्रेस विज्ञ रामशरण बजगाईंंले प्रधानमन्त्री ओली बैठकमा सहभागी भएको जानकारी दिए। शुक्रबारको बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित भएपछि नेताहरुको बोल्ने कार्यसूची नै परिवर्तन गरिएको थियो।

प्रधानमन्त्री ओली नै अनुपस्थित भएपछि सचिवालयका सदस्यहरुले बोल्ने कार्यसूची परिवर्तन गरेर स्थायी कमिटी सदस्यहरुलाई बोल्न दिइएको थियो।

बैठकमा बोल्ने अधिकांश सदस्यहरुले प्रधानमन्त्री एवं अध्यक्ष नै बैठकमा अनुपस्थित हुन दुखद् भएको भन्दै प्रधानमन्त्रीको चर्को आलोचना गरेका थिए।