रुपन्देहीमा गएराति भएको कार दुर्घटनामा एकजना पत्रकारको मृत्यु भएकाे छ ।
न्युज २४ टेलिभिजनका रुपन्देही संवाददाता ३० वर्षीय कृष्णबाबु पाण्डेको बा ७ च ६९५९ नम्बरको कार दुर्घटना हुँदा मृत्यु भएकाे हाे ।
बुटवलबाट कारमा आफ्नो घर ड्राइभर टोल जाने क्रममा बुटवल भैरहवा सडकखण्डको ड्राइभर टोलमा दुर्घटना भएको थियो । कार सडक छेउमा रहेको फलामे बारमा ठोक्किएको थियो । पत्रकार पाण्डेको स्थायी घर स्याङ्जाको बिर्घा हो ।





प्रतिक्रिया