जननेता मदनकुमार भण्डारीको ६९ औँ जन्मजयन्ती आज मनाइँदैछ ।
पार्टीनिकट अन्य संस्थाहरूले आज विविध कार्यक्रम गरी जन्मजयन्ती मनाउँदै छन् । स्व. भण्डारीको जन्मजयन्ती भएका कारण आज बस्ने भनिएको नेकपा स्थायी कमिटी बैठक पनि स्थगित गरिएको छ ।
विश्व कम्युनिष्ट आन्दोलन रक्षात्मक अवस्थामा पुगेका बेला नेपाली कम्युनिष्ट आन्दोलनको लोकतान्त्रिकरणका लागि ‘जनताको बहुदलीय जनवाद (जबज)’ को सिद्धान्त प्रतिपादन गरी लोकप्रिय हुनुभएको थियो ।
तत्कालीन नेकपा (एमाले) का महासचिव भण्डारी र सङ्गठन विभाग प्रमुख जीवराज आश्रितको २०५० जेठ ३ गते चितवनको दासढुङ्गामा भएको जीप दुर्घटनामा निधन भएको थियो ।
भण्डारीको जन्म विसं २००९ असार १४ गते ताप्लेजुङको ढुङ्गेसाँघुमा भएको थियो ।





प्रतिक्रिया