देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

बागलुङमा थप तीन जनामा संक्रमण, समुदाय स्तरमै फैलियो कोरोना

देशान्तर

बागलुङ ,   बागलुङमा समुदायस्तरमा कोरोना संक्रमण देखिएको छ । आइतबार जिल्लाको काठेखोला गाउँपालिकामा क्वारेन्टिन बाहिरका तीन जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

अमर माविमा निर्माण गरेको क्वारेन्टिनमा काम गर्ने दुई जना र एक सुरक्षाकर्मीमा कोरोना संक्रमण पुष्टि भएको गाउँपालिका अध्यक्ष अमर थापाले जानकारी दिए ।

क्वारेन्टिनमा काम गर्ने एक महिला, एक पुरुष र सुरक्षाकर्मीमा समेत संक्रमण देखिएपछि कोरोना समुदायस्तरमै फैलिएको पुष्टि भएको हो । योसँगै जिल्लामा संक्रमणको जोखिम बढ्दै गएको छ ।