काठमाडौं । विगत ११ महिनादेखि भक्तपुर क्यान्सर अस्पतालको व्यवस्थापनसम्बन्धी विवाद नसुल्झिदा अस्पताल चरम संकटबाट गुज्रिरहेको छ । अस्पतालमा कार्यरत कर्मचारीहरुले अस्पतालको समस्या समाधान गर्न जिल्ला प्रशासन कार्यालय भक्तपुरको ध्यानाकर्षण गराएका छन् । करिब सय जना कर्मचारीहरुले हस्ताक्षर गरी शुक्रबार बुझाएको ध्यानाकर्षण पत्रमा अस्पतालको व्यवस्थापन समितिको आपसी झगडाले अस्पतालले गति लिन नसकेको र इमान्दारीपूर्वक आफ्नो काम कर्तव्य पूरा गर्ने कर्मचारीहरुलाई समेत असहज वातावरण सिर्जना भएको जानकारी गराइएको छ ।
कर्मचारीहरुले ६ वटा बुँदामा अस्पतालको समस्या राख्दै समाधानका लागि जिल्ला प्रशासन कार्यालय गुहारेका हुन् । ध्यानाकर्षणको पहिलो बुँदामै अस्पताललका कार्यकारी निर्देशक डा. ऋषिकेशव नारायण श्रेष्ठ अवैधानिक भएको भन्दै उनलाई तुरुन्त निलम्बन गर्नुपर्ने माग राखिएको छ । उनको स्थानमा प्रशासनिक काममा दस्तखत चल्ने मेडिकल डाइरेक्टर नियुक्त गर्नुपर्ने कर्मचारीहरुको माग रहेको छ ।
‘यस भक्तपुर क्यान्सर अस्पतालको कुनै पनि प्रशासनिक एवं अत्यन्त सामान्य गतिविधिमा समेत दस्तखतनै नचल्ने र आफूलाई कार्यकारी निर्देशक बताउने डा. ऋषिकेशव नारायण श्रेष्ठलाई प्रशासनिक गतिविधिबाट तुरुन्तै निलम्बन गरियोस र रिक्त पदमा दस्तखत चल्ने मेडिकल डाइरेक्टरको तत्काल नियुक्ति गरियोस्’, ध्यानाकर्षण पत्रमा भनिएको छ ।
यसैगरी कार्यकारी निर्देशक श्रेष्ठले कोरोना महामारीको विषम परिस्थितीमा समेत कर्मचारीहरुले नियमित पाएको भत्ता कटौती गरेकोले यसको तत्काल छानविन गरी उनलाई स्पष्टीकरण सोध्न माग गरिएको छ ।
अस्पतालका कर्मचारीहरुको तह मिलान, तह वृद्धि र स्थायीत्वको बारेमा पनि प्रशासनले कुनै ठोस योजना ल्याउन नसकेको भन्दै यसले प्रशासनको कर्तव्यम गम्भिर प्रश्नचिन्ह उठेको उल्लेख गरिएको छ । ‘तसर्थ यस एक वर्षको प्रशासकिय गतिविधिको सम्पूर्ण रुपमा छानविन र स्पष्टिकरण गरियोस’, कर्मचारीहरुले भनेका छन् ।
ध्यानाकर्षण पत्रमा गत वर्ष डर धम्कीले जबरजस्ती स्थापना गरिएको भक्तपुर क्यान्सर अस्पताल कर्मचारी कल्याणकारी समितिले कर्मचारीहरुको हक अधिकारको बारेमा आजसम्म मौखिक र लिखित रुपमा एउटा विज्ञप्ति समे प्रकाशित नगरेको, प्रकाशित विज्ञप्ति केवल राजनैतिक अवधारणा मात्र बोकेको र ‘कल्याण’ भन्ने शब्दकै दुरुपयोग गरेकोमा यस समितिले कर्मचारीको नभई अस्पताल प्रशासनका डा. श्रेष्ठ, राजाराम तजले र जगन्नाथ भुर्तेलहरुको मात्र कल्याण गरेको स्पष्ट भएको उल्लेख छ । ‘यस समितिको गठन, काम, कर्तव्य र विगत समयमा प्रेषित सम्पूर्ण विज्ञप्तिहरुको छानविन गरियोस’, ध्यानाकर्षण पत्रमा भनिएको छ ।
त्यस्तै विगत ११ महिनादेखि राष्ट्रिय पत्रिका मार्फत नै नलिम्बित भएका डा. ऋषिकेश नारायण श्रेष्ठले प्रकाशसकीय व्यक्तिहरु राजाराम तजले र जगन्नात भुर्तेल) र कर्मचारी कल्याणकारी समितिका अध्यक्ष शिवराम धुख्वाको ममिलोमतोमा अस्पतालको दैनिक÷मासिक आम्दानीबाट प्रति महिना रु एक लाख भन्दा बढी रकम व्यक्तिगत रुपमा भोगचलन गरिरहेको पनि आरोप लगाइएको छ । उक्त रकम कुन स्रोतबाट कसरी निकास गरियो र कहाँ, कुन प्रयोजनका लागि गरियो भन्ने कुराको स्पष्टीकरण सोध्न माग गरिएको छ ।
अस्पताल प्रशासनकै प्रत्यइा संलग्नतामा आफ्नो हक अधिकारको कुरा गर्दा प्रशासकिय व्यक्तिहरुद्वारा नै डर धम्की देखाएर कारवाहीको समेत चेतावनी दिएको भन्दै यस विषयमा समेत प्रशासनसँग स्पष्ट विवरण लिनुपर्ने कर्मचारीहरुको माग छ ।
नेपाली कांग्रेस भक्तपुरले जारी गर्दै स्वायत्त अस्पतालको रुपमा रहेको भक्तपुर क्यान्सर अस्पतालमा आर्थिक अनियमितता र भ्रष्टाचारको नाममा भक्तपुर नगरपालिकाले हस्तक्षेप गरी व्यवस्थापन समिति विघटन गरी नगर प्रमुखको अध्यक्षतामा नयाँ व्यवस्थापन समिति गठन गरेको आपत्ती जनाउँदै आएको छ ।
यसैबीच शनिबार नेपाली कांग्रेसका भक्तपुर जिल्ला सभापति दुर्लभ थापाले विज्ञप्ति जारी गदै कुनै कानुनी तथा प्रशाससनिक अधिकार नभएका व्यक्तिले कार्यकारी निर्देशकको रुपमा रहेको आर्थिक तथा प्रशासनिक कार्यमा कुनै व्यक्ति समूहको पक्ष्ँमा लागि आम कर्मचारी तथा कार्यरत चिकित्सकको सेवा सुविधा माथि धावा बोल्ने, कर्मचारी युनियनका नाममा अस्पताल जस्तो पवित्र संस्थामा राजनैतिक उद्देश्य परिपूर्तिबाट कार्य गर्ने गराउने, आफूसँग असहमत भएका कारणले मात्रै कर्मचारी तथा चिकित्सकहरुलाई डराउने, धम्काउने कायै भएको सुनिन आएको र केही कर्मचारीहरुबाट यस विषयमा ध्यानाकपर्णय गराइएको विषयहरुमा समर्थन गरेका छन् ।
कांग्रेसले सर्वोच्च अदालतको फैसलाको बर्खिलाफ हुने गरी कुनै काम कारवाही नगर्न अस्पताल प्रशासनलाई चेतावनी दिएको छ ।





प्रतिक्रिया