देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

इन्द्र अन्नपूर्ण योग केन्द्रद्वारा रक्तदान कार्यक्रम

देशान्तर

काठमाडौं । इन्द्र अन्नपूर्ण योग केन्द्रले रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । योग केन्द्रको आयोजनामा लाइन्स इन्टरनेसनल क्लबको संग्लनतामा ओम समाज डेन्टल हस्पिटल तथा ग्रान्डी हस्पिटलको प्राबिधिक सहयोगमा रक्तदान कार्यक्रम सम्पन्न भएको हो ।

कोभिड १९ को महामारीको जटिल अबस्थामा सहयोग पुर्याउने उद्देश्यले रक्तदान कार्यक्रम गरिएको विज्ञप्तिमा जनाइएको छ। लायन्स केशव पाण्डेले रक्तदान गर्ने दाताहरुलाई सामाग्री उपलब्ध गराउदै कार्यक्रमको उद्घाटन गरेका थिए । उनले मुख स्वास्थको महत्वमा जानकारी गराउदै रक्तदान गर्दाका फाइदाको बारेमा जानाकारी दिए ।

कर्यक्रममा पूर्व डिस्ट्रीक गभर्नरहरु ,लायन्स शम्भु घिमिरे, लायन्स रुद्र हरि ज्ञवाली, लायन्स बिष्णु बज्राचार्य कलाकार संजय खतिवडा र अन्नपूर्ण पोस्टका प्रधान सम्पादक अखण्ड भण्डारी उपस्थिति रहेको थियो ।

कार्यक्रमको सभापतित्व योग केन्द्रका अधक्ष्य डा. सुभास कुमार घिमिरेले गरेका थिए । उक्त कार्यक्रममा डा. घिमिरेले योगलाई लायन्ससँग जोडेर संसार योगमय स्वस्थमय बनाउनेमा जोड दिदै, जसको दाँत सबल उसको जीबन सफल भन्ने नारालाई सबै मिली सफल पार्नुपर्ने भन्दै रक्त दान दिने र कार्यक्रम सफल पार्ने सहयोगी सबैलाई धन्यबाद दिए ।

यसै कार्यक्रममा डा. सुभास घिमिरे ज्यूको अधक्ष्यतामा नयाँ लायन्स क्लब अफ इन्द्र अन्नपूर्ण योग केन्द्र घोषणा गरिएको थियो भने उक्त कमिटीमा दिपक महर्जन ,कृष्ण घिमिरे ,बिश्वभर मैनाली ,साधुराम पौडेल ,इन्द्र बहादुर न्यौपाने लगाएत २६ जना महानुभावहरुको संग्लनता रहेको छ ।

कार्यक्रममा ओम समाज डेन्टलको प्राबिधिक सहयोगमा १५० जनाको निस्शुल्क सुगर तथा प्रेसरको चेक जाँच गरिएको थियो ।