देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

सरकारलाई चुनौती आन्तरिक कि बाह्य ?

देशान्तर

प्रधानमन्त्री केपी ओलीले आफूलाई हटाउन भारतीय राज्यसंयन्त्र सक्रिय भएको आरोप लगाएपछि स्वाभाविक रूपमा कूटनीतिक क्षेत्र पनि तरंगित भएको छ । हुन त भारतले २६ वैशाखमा नेपाली भूमि हुँदै लिपुलेक जोड्ने सडकमार्ग उद्घाटन गर्नुअघि नेकपा सचिवालय बैठकमा शीर्ष नेताले प्रधानमन्त्री केपी ओलीको राजीनामा मागेका थिए । अहिले फेरि स्थायी कमिटीमा उनीमाथि दबाब छ । त्यसैले आन्तरिक राजनीतिक प्रतिरक्षाका लागि प्रधानमन्त्री ओलीले भारतीय षड्यन्त्रको कार्ड खेल्न खोजेको टिप्पणी कूटनीतिक विज्ञहरूको छ ।

पूर्वराजदूत डा. दिनेश भट्टराई प्रधानमन्त्री आफैँले आत्मबल गुमाउँदै गएकाले यस्ता टिप्पणी आएको बताउँछन् । ‘प्रधानमन्त्री ओली आफैँले नेतृत्व गरेको व्यवस्थामा आफैँले विश्वास नगरेको, धरमर भएको, नेतृत्व–क्षमता देखाउन नसकेको देखियो । नयाँ पत्रिकामा खबर छ।