सरकारले आवाज निकालेर, धुवाँ उडाएर सलहको झुण्डलाई बस्न नदिने सामूहिक अभियान चलाउन पालिकाहरुलाई आग्रह गरेको छ ।
शनिबारबाट नेपालमा पनि सलह किरा देखा परेपछि सरकारले सलह देखिन सक्ने सम्भावित क्षेत्रमा कुनै न कुनै माध्यमबाट सलहलाई बस्न बाधा पुर्याउने अभियान चलाउन आग्रह गरेको हो । कृषि तथा पशुपंक्षी विकास मन्त्रालयले नर्सरी, करेसाबारीजस्ता साना क्षेत्रफलमा हुने खेतीमा झुल तथा जालीले छोपेर बाली बचाउने सकिने बताएको छ ।
यस्तै टनेलभित्रको बालीलाई वरिपरिबाट किरा छेक्ने गरी जालीले बेरेर जोगाउन सकिने मन्त्रालयले जनाएको छ । मन्त्रालयका प्रवक्ता डाक्टर हरिबहादुर केसीले धानको ब्याडमा जाली वा त्रिपाल राखेर जोगाउन सकिने बताए । किरा आउने सम्भावना भएका क्षेत्रमा रोपाइँ केही दिन पर सारेर गर्दा पनि क्षति कम हुनेर्तफ ध्यान दिन उनले आग्रह गरे।
प्लान्ट क्वरेण्टीन तथा विषादी व्यवस्थापन केन्द्रका प्रमुख सहदेवप्रसाद हुमागाईँले अहिलेसम्म नेपाल आइपुगेको सलह किराको समूहले क्षति नपु¥याएको बताए । किराले क्षति नपुर्याए पनि ढुक्क भएर बस्ने अवस्था नभएको उल्लेख गर्दै उनले फेरि हावाको चाप नेपालीतिर भएको अवस्थामा प्रकोप आउन सक्ने सम्भावना रहेको बताए।
मन्त्रालयले विषादीको लागत राख्न पनि आग्रह गरेको छ । स्थानीय एग्रोभेटहरुलाई सुसूचित गरी तयारी अवस्थामा राख्न पनि आग्रह गरिएको छ । खेतबारी, सार्वजनिक स्थान वा जङ्गलमा किराले आश्रय लिएको पाइएमा तत्काल विषादीको प्रयोग गर्न सकिने मन्त्रालयले जनाएको छ । विषादी प्रयोग गर्दा साँझपख वा बिहानै स्प्रेयरबाट छरेर सलह किरा मार्न सकिन्छ ।





प्रतिक्रिया