देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

सर्लाहीमा भएको झडपमा गोली चल्यो, तीन प्रहरीसहित १८ जना घाईते

देशान्तर

सर्लाही । सर्लाहीमा नेकपा र नेपाली कााँग्रेसका कार्यकर्ताबीच भएको झडपमा गोली चलेको छ ।

झडपमा ३ प्रहरी सहित १८ जना घाईते भएको प्रहरीले जनाएको छ । सर्लाहीको धनकौल गाउँपालिकामा गएराति नेकपा र नेपाली काँगे्रसका कार्यकर्ताबीच भएको झडपमा गोली चल्दा १५ जना भन्दा बढी घाईते भएको सर्लाहीका प्रहरी उपरीक्षक विश्वमणि पोखरेलले बताउनुभयो । उनीहरु सबैको जिल्ला अस्पताल मलङ्गवामा उपचार भइरहेको छ ।

झडपमा दुई जना प्रहरी समेत घाईते भएका छन् । झडपलाई नियन्त्रणमा लिन प्रहरीले चार शेल टियर ग्याँस प्रहार गरेको थियो । स्थानीय अन्नपूर्ण चिनी उद्योगबाट चिनी निकासीको विषयमा केही साता अघिपनि दुई पार्टीका कार्यकर्ताबीच झडप भएको थियो ।