देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

गण्डकी प्रदेशमा थपिए १७ कोरोना संक्रमित

देशान्तर

गण्डकी प्रदेशमा थप १७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । प्रदेशका विभिन्न चार जिल्लामा संक्रमित थपिएका हुन् ।

गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार कास्कीका ८ जना, तनहुँका ५ जना, लमजुङका ३ जना र स्याङ्जाका एक जना जनामा संक्रमण पुष्टि भएको छ । थपिनेमा ६ जना महिला छन् ।

कास्कीमा थपिने सबै पोखरा महानगरपालिकाका हुन् । गण्डकी प्रदेशमा हालसम्म ९ सय ६६ जनामा संक्रमण पुष्टि भएको छ । संक्रमित मध्ये २ सय १४ जना निको भएर घर फर्किएका छन् । दुई जनाको मृत्यु भएको छ ।