नेपाली काँग्रेस केन्द्रीय समितिको बैठक आज बस्दैछ । पार्टीको १४ औं महाधिवेशनको कार्यतालिका संसोधन गर्नका लागि काँग्रेसले केन्द्रिय समिति बैठक बोलाएको हो ।
कोरोना संक्रमणका कारण चैतदेखिका कार्यतालिका अनुसारका काम प्रभावित भएपछि त्यसलाई संशोधन गर्ने तयारी काँग्रेसको छ ।
फागुन ७ देखि १० गते अन्तिम मितिलाई कायम राख्दै अन्य कार्यतालिका परिर्वतन गर्ने काँग्रेसको तयारी छ ।
कात्तिक १६ गते देखि तल्लो तहको अधिवेशन सुरु गर्ने यसअघिको कार्यतालिका संशोधन गर्दै कांग्रेसले पुसमा पु¥याउन लागिएको छ ।
बैठकमा सरकारको काम, नागरिकता विधयेक लगायत समसामयिक विषयमा पनि छलफल हुने नेताहरुले बताएका छन् ।





प्रतिक्रिया